विश्व पर्यटन दिवसको अवसरमा नाट्टाले गर्यो वृक्षारोपण

Advertisement

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ४५औं विश्व पर्यटन दिवसको अवसरलाई मध्यनजर गर्दै वातावरण संरक्षण र कार्बन उत्सर्जनमा कमी ल्याउन हिजो वृक्षारोपण कार्यक्रमको आयोजना गर्यो ।

गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय शहीद शान्ति पार्कमा सम्पन्न उक्त कार्यक्रमा सहभागीहरूले विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए, जसले पुनः वनस्पतिकरण प्रयासहरूलाई टेवा पुयाउने र जैविक विविधता प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

Advertisement

नाट्टाका अध्यक्ष कुमारमणी थपलियाले यस पहलले दिगो पर्यटन अभ्यासलाई प्रोत्साहन गर्नुका साथै विश्व पर्यटन दिवसको अवसरमा, पर्यटनले वातावरणीय संरक्षणमा खेल्ने भूमिकालाई मान्यता स्थापित गर्न सहयोग गर्नेमा आफूू विश्वस्त रहेको बताए । 

नाट्टाले पाटन रोटरी साउथको सहकार्यमा कार्यक्रम गरेको हो र संघले भविष्यमा पनि यस्ता वातावरण संरक्षण सम्बन्धि कार्यक्रमहरुको आयोजना गर्ने उनले प्रतिबद्धता जनाएको छ । यसले वातावरण र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ ।

undefined

पर्यटन बोर्डका कार्यकारी दीपकराज जोशीले पनि वृक्षारोपण वातावरण संरक्षणका लागि आफैमा एउटा महान कार्य रहेको र नाट्टाले आयोजना गरेको यस कार्यमा सहभागी हुन पाउँदा आफुलाई अत्यन्त खुशी लागेको सुनाए । पर्यटन क्षेत्रमा देशकै अग्रणी संस्थासंग सधै साथ सहयोग र सहकार्यको नीति अवलम्बन गर्दै मुलुकको पर्यटन विकास, वातावरण संरक्षण एवं सामाजिक सेवामा अमुल्य योगदान प्रदान गरेको उनले बताए । 

वृक्षारोपण कार्यक्रममा नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत जोशी, नाट्टाका पूर्व अध्यक्षहरू, वर्तमान कार्य समितिका अध्यक्ष, पदाधिकारी, सदस्य, नाट्टा सचिवालय टोली, नाट्टा सदस्य महानुभावहरू, रोटरी पाटन साउथका अध्यक्ष स्मारक संरक्षण समितिका अध्यक्ष र अन्य आमन्त्रित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement