आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँट, नबिकेको साढे १७ लाख कित्ता लिलामीमा आउने

Advertisement

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असार ३१ गतेसम्म कायम साविक शेयरधनीका लागि १ बराबर १.५ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो शेयरमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना शेयरधनीलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद शेयर भदौ ३० गते बाँडफाँट गरेको हो । 

Advertisement

बाँडफाँट नभएको बाँकी १७ लाख ५० हजार २४८ कित्ता शेयर भने अब लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरिनेछ।

बाँडफाँटमा नपरेको हकप्रद शेयरबापतको रकम असोज ४ गते शुक्रबारदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।

Advertisement