पचास करोड लागतमा नेपालमै खुल्यो ‘भिडोल लुब्रिकेन्ट फ्याक्ट्री’, दैनिक ३३ हजार लिटर उत्पादन हुने

Advertisement

काठमाडौं । विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्राण्ड ‘भिडोल’ अब नेपालमा नै उत्पादन शुरु भएको छ । युनाइटेड लुब्रिकेन्टस् कम्पनीसँगको साझेँदारीमा भिडोलले नेपालमा फ्रेन्चआइज उत्पादन शुरु गरेको हो । 

७५ भन्दा बढी देशमा उपस्थिति रहेको भिडोल विश्वका १८ वटा स्थानबाट ब्लिडिङ (उत्पादन) हुँदैआएको छ भने पछिल्लो पटक नेपालबाट समेत यसको उत्पादन शुरु गरिएको हो । 

Advertisement

undefined

नेपाल गोल्डका लागि आधिकारिक उत्पादक युनाइटेड लुब्रिकेन्टले धनुषामा वृहत् प्लान्टको स्थापना गरी अमेरिकी फ्रेन्चआइज भिडोलको आधिकारिक उत्पादन थालनी गरेको छ । मिथिला ३, लालभट्टिया धनुषामा कम्पनीले कूल १ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा प्लान्ट स्थापना गरी विभिन्न इन्जिन आयल, ग्रिज तथा लुब्रिकेन्ट उत्पादन थालनी गरेको छ । 

सन् २०२१ बाट फ्याट्री निर्माणको थालनी गरेको कम्पनीले तीन वर्षपछि २०२४ मा औपचारिक उद्घाटन गरेको हो । विश्वकर्मा पुजाको अवसर पारेर कम्पनीले मंगलबार लुब्रिकेन्ट फ्याट्रीको औपचारिक उद्घाटन गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त फ्याट्रीको उद्घाटन गरे । 

undefined

दैनिक बढ्दो प्रविधि र प्रयोगसँगै अटोमोबाइल इन्ड्रस्ट्रीको दायरा समेत बढ्दै गएकोमा लुब्रिकेन्ट जस्तो अत्यावश्यकीय वस्तु उत्पादन नेपालमा नै शुरु हुनु ठूलो सफलता रहेको मुख्यमन्त्री सिंहले बताए । यसबाट नेपालले राम्रो आर्थिक फाइदा लिनुपर्ने उनले बताए । लुब्रिकेन्ट उत्पादनसँगै नेपालमा रोजगारी सिर्जना र आर्थिक उत्पादनमा कम्पनीले ठूलो सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे । 

कम्पनीले कूल ५० करोड लगानीमा लुब्रिकेन्ट उत्पादनको प्लान्ट स्थापना गरेको हो । लुब्रिकेन्टको कच्चापदार्थ स्टोरेज, प्रोसेसिङ, प्याकेजिङ तथा स्टोरेजसहितको वृहत प्लान्टमा छुट्टाछुट्टै गरी कम्पनीले कूल २ हजार ४०० किलोटिर लुब्रिकेन्ट स्टोरेज ट्यांक स्थापना गरेको छ । 

मेन प्लान्ट ३८ हजार ४२५ वर्गमिटर क्षेत्रफलमा रहेको छ भने रअ मेटिरियल्स (कच्चापदार्थ) स्टोरेजका लागि ६ हजार ७९३ वर्गफिट, बोइलर क्षेत्रका लागि ४ हजार ७४४ वर्गफिट, वाइरहाउस क्षेत्र ३८ हजार ४२५ वर्गफिट र रेसिडेन्ट तथा सेकुरिटी (आवास र सुरक्षा) कोलोनी क्षेत्र ४ हजार एकसय वर्गफिटमा छुट्याइएको कम्पनीका जनरल म्यानेजर दिनेश खनालले जानकारी दिए ।

undefined

मासिक १० लाख लिटर (१ हजार किलोलिटर) लुब्रिकेन्ट उत्पादन क्षमता रहेको प्लान्टमार्फत हाल दैनिक ३३ हजार लिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । प्लान्टबाट दैनिक सिफ्ट अनुसार १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार केजी ग्रिज उत्पादन गर्दैआएको छ । 

कम्पनीले आवश्यक बेसआयल, सिन्थेटिक लगायतका कच्चपदार्थ भारतबाट आयात गरी लुब्रिकेन्टको ब्लिडिङ गर्नेगर्छ भने तयारी लुब्रिकेन्ट नेपाल भरका मार्केटमा बिक्रीवितरण गर्नेगर्छ । 
 null
 

Advertisement