नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौंः मन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।  

बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वरस्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले नाथम विकास ऐन अन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक रहेको बताए ।

Advertisement

उनले आगामी हिउँदे अधिवेशनबाट नाथम सम्बन्धी विधेयक संसदमा पेश गर्ने विश्वास व्यक्त गरे । उनले नाथमबाट उत्पादित जनशक्ति दक्ष र विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि प्रमाणित भएको बताए । 

उनले नाथमले अन्तराष्र्टिय संघ संस्थाहरुसँग समेत सहकार्य र सम्वन्य गर्नु पर्नेमा जोड दिए । नाथम सञ्चालनमा मन्त्रालयले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने समेत मन्त्री पाण्डेले विश्वास दिलाए । 

Advertisement