काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङको साधारणसभा असोज २३ गते बस्ने भएको छ ।
सभा, सेन्ट्रल प्लाजा नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले गत आवको मुनाफाबाट ५ करोड ११ लाख ५७ हजार ८९४ रुपियाँ (करसहित) नगद लाभांश पारित गर्नेछ ।
सभाले वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरण पारित गर्नेछ । त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र नियमावलीको नियम ३१ को उपनियम २ मा संशोधन गर्ने विशेष प्रस्तावसमेत पारित गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गते एक दिन बुक क्लोज गर्नेछ । असोज १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।