काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख २५८ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र मूल्य खुलाई बैंकको सुन्धारास्थित जेडीए कम्प्लेक्समा रहेको शेयर विभागमा आवेदन दिनुपर्नेछ ।
साथै तोकिएको म्यादभित्र आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।