बुद्ध एयरले काठमाडौं–बनारस अब सातामा तीनवटा फ्लाइट गर्ने

Advertisement

काठमाडौं । बुद्ध एयरले काठमाडौं–बनारसको उडान संख्या बढाएको छ । यात्रुको चाप बढेसँगै कम्पनीले बुधबारदेखि थप एक उडान बढाउँदै काठमाडौं–बनारस सातामा तीनवटा उडान पु¥याएको हो ।

अब बुद्ध एयरले सातामा सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौं–बनारस नियमिति उडान भर्नेछ । यसअघि कम्पनीले सातामा सोमबार र शुक्रबार दुई दिन मात्र उडान भर्दै आएको थियो । 

Advertisement

यात्रुको चाप र मागलाई ध्यानमा राख्दै बुधबार पनि उडान भर्नेगरी काठमाडौं–बनारस उडान संख्या बढाइएको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले जानकारी दिए । 

Advertisement