तीन कम्पनीको साधारणसभा आज, लाभांश र आईपीओ जारीको प्रस्ताव

Advertisement

काठमाडौं । आज विभिन्न तीन कम्पनीहरूको साधारणसभा बस्दै छ । साधारणसभा बस्ने कम्पनीहरूमा कुमारी क्यापिटल, गोरक्ष हाइड्रोपावर र गाउँघर उज्यालो साना हाइड्रोपावर रहेका छन् । 

कुमारी क्यापिटलले सभा, कुमारी बैंक लिमिटेड, टंगाल, कामाडौंमा साँझ ५ बजे बस्दैछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहित १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेस गर्नेछ ।

Advertisement

त्यसैगरी गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सोही प्रयोजनका लागि आज बिहान ११ बजे  केएफसी, बालकुमारी ललितपुरमा साधारणसभा बस्दै छ । 

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्राथमिक शेयरको सार्वजनिक निष्कासन गर्ने, शेयरको सार्वजनिक निष्कासनबाट प्राप्त हुने पुँजीको उपयोगबारे निर्णय गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, लेखापरीक्षण प्रतिवेदन र अन्य सम्बन्धित वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, गोरक्ष हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा पनि आजै बस्दै छ । सभा होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौंमा बस्नेछ । कम्पनीको दुदई आव ०७९/८० र आर्थिक वर्ष ०८०/८१ को साधारणसभा बस्न लागेको हो । 

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ७० करोड पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ । तत्कालीन जारी पुजी वृद्धि गरी १ अर्ब ३० करोड कायम गरिने भएको छ । त्यसका लागि आईपीओ जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । 

Advertisement