आजदेखि धरहरा सञ्चालनमा आउँदै, निःशुल्क चढ्न पाइने

Advertisement

काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि धरहरा सञ्चालनमा आउँदैछ । 

अस्थायी रूपमा सञ्चालनमा आउन थालेको नवनिर्मित धरहरा केही समय निःशुल्क चढ्न सकिने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

Advertisement

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनमा आउने बताए ।

अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ ।

Advertisement