संविधान दिवस मनाउन भन्दै दरबारमार्गमा गरिएको कार्यक्रममा बालेनको पक्षमा चर्को नाराबाजी

Advertisement

काठमाडौँ । संविधान दिवस मनाउन भन्दै राजधानीको दरबारमार्गमा बिहीबार गरिएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा चर्को नाराबाजी भएको छ । 

सरकारको कडा सुरक्षा र व्यापक प्रचारका बीच गरिएको कार्यक्रममा बालेनका समर्थकहरु हावी भएका हुन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी सुरु गरिएको कार्यक्रमाम ३२ जना कलाकारले प्रस्तुति दिएका थिए । 

Advertisement

चार घण्टासम्म चलेको उक्त कार्यक्रममा युवाहरुले बालेन, बालेन भन्दै लामो समयसम्म चर्को नारा लगाएपछि प्रहरीहरुले रोक्न असफल भएको थियो । उक्त कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकारहरु आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति रहेको आयोजकले जनाएको छ । 

कार्यक्रममा प्रधानमन्त्री केपी ओली पनि पुगेका थिए । सहभागीभन्दा धेरै सुरक्षाकर्मी देखिन्थे । सुरक्षाका लागि भन्दै सरकारले नेपाल प्रहरी, सशस्त्र  प्रहरीका गरी पाँच हजारभन्दा बढीलाई परिचालन गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

दरबारमार्गमा कार्यक्रम गर्दा दिनभर सो क्षेत्रबाट आवतजावत गर्ने सवारी साधन र यात्रुले सास्ती भोग्नुपरेको थियो । पछिल्लो समयमा अहिले संविधान मान्ने र नमान्नेबीच तीब्र ध्रुवीकरण बढ्दै गएको छ । 

undefined

Advertisement