गम्भीर मोडमा फ्रान्सको आर्थिक अवस्था

Advertisement

एजेन्सी । फ्रान्सको सार्वजनिक वित्तको वास्तविकता मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताएका छन् । 

यस महिनाको सुरुमा बार्नियर सरकारको प्रमुख बन्नु अघि फ्रान्सलाई युरोपेली सङ्घको बजेटीय नियमहरू उल्लङ्घनको आरोप लागेको थियो ।  बैङ्क अफ फ्रान्सले सन् २०२७ सम्ममा युरोपेली सङ्घको घाटाका नियमहरूमा यर्थाथता नभएको बताएको थियो ।  

Advertisement

फ्रान्सको सार्वजनिक क्षेत्रको घाटा यस वर्ष जीडीपीको ५.६ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ भने सन् २०२५ मा छ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।  

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संसदीय चुनावको लामो झगडा पछि नियुक्त भएका प्राधानमन्त्री बार्नियरले आर्थिक स्थिरताका लागि कर वृद्धि गरेका छन् भने म्याक्रोनले अस्वीकार गरेका छन् । 

बिग्रिएको आर्थिक अवस्थालाई सुधार गर्न केवल सुन्दर कथन भन्दा बढी जिम्मेवार कारबाही आवश्यक रहेको उनले बताए । 

Advertisement