प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम अनुमोदन, भट्टराईको कागजाज अपुरो, चार जनामाथि फरक मत

Advertisement

काठमाडौं । संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रश्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदुतमध्ये १६ जना राजदूतको नाम समितिबाट बहुमतले पारित गरेको हो । 

Advertisement

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रश्तावित राजदुतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निर्णय लिइएको बताए । 

समितिमा छलफल गरी १६ देशका राजदूत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रश्तावित राजदुत कपिल श्रेष्ठ र मलेसियाका लागि प्रश्तावित नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेका थिए । 

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रश्तावित राजदूत शंकर शर्माको लागि फरक मत रहेको बताए । 

समावेशिता अझै अपूरो रहेको सांसदहरुको गुनासोपछि परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताए । उनले अहिले दुई राजदूत सिफारिस गरिएकोमा मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको बताए । 

Advertisement