‘रोड टु ल्हासा’ को साहसिक पर्यटक टोली काठमाडौंमा, नेपाल, भारत र चीन गरी ३५ सय किमि यात्रा गर्ने

Advertisement

काठमाडौं । साहसिक पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय कम्पनी एडभेन्चर ओभरल्याण्डले आयोजना गरेको रोड टु ल्हासाको पर्यटक टोली काठमाडौं आइपुगेको छ ।

१० वटा गाडीमा चार जना महिला सहित २० जनाको यो समुहले भारत, नेपाल र चीन गरि तीन देशको यात्रा तय गर्ने छ ।सडकमार्ग हुँदै विश्वका विभिन्न देशको साहसिक यात्रा गराउने कम्पनी एडभेन्चर ओभरल्याण्डको २० जनाको टोली भारतको गोरखपुर–लुम्बिनी हुँदै शुक्रबार काठमामाण्डौं आइपुगेको हो । 

Advertisement

undefined​काठमाडौं आएको उक्त टोलीलाई शुक्रवार मेरियट होटलबाट नेपाली राष्ट्रिय झण्डा फहराएर विदाई गरिएको छ । 
सो अवसरमा पर्यटकहरुलाई शुभकामना व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले साहसिक पर्यटन प्रर्वद्धनका लागि रोड टु ल्हासा यात्रा सहयोगी हुने बताए।

उनले नेपाल संस्कति प्रकृति र साहसिक पर्यटनको केन्द्र भएको उल्लेख गर्दै आयोजकलाई नेपाल केन्द्रित साहसिक यात्राका अन्य संस्करण आयोजन गर्न आग्रह समेत गरे ।

आयोजक कम्पनी एडभेन्चर ओभरल्याण्डका सञ्चालक  तथा निर्देशक सञ्जय मदानले नेपाललाई समेटेर यो साहसिक यात्रा तय गर्न पाउँदा खुशी लागेको बताए । नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै उनले आफ्नो टोलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनी हुँदै काठमाण्डौ आइपुग्दा छुट्टै आन्नदको महसुश गरेको प्रतिक्रिया दिए ।

undefinedगोरखपुरबाट लुम्बिनी हुँदै काठमाण्डौ आइपुगेको सो टोलीमा १० वटा गाडीमा २० जना साहसिक पर्यटकहरु रहेका छन् । काठमाण्डौबाट रसुवा (केरुङ) हुँदै यो टोलीले तिब्बत र चीनका विभिन्न स्थान हुँदै ल्हासा पुग्ने छ र त्यहाँबाट फरक रुट हुँदै पुनः नेपाल फर्किने छ ।

यो यात्रा तय गर्न २२ दिन लाग्ने ओभरल्याण्डका सञ्चालक तथा निर्देकश मदानले जानकारी दिए । २२ दिनको यो यात्रामा टोलीले ३ हजार ५ सय किलोमिटरको यात्रा गर्ने गर्नेछ । 

Advertisement

Advertisement