महिला लघुवित्तको ८६ हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

संस्थाले संस्थापक समूहको ८६ हजार ३२५ कित्ता शेयर बिक्रीमा राखेको हो ।

Advertisement

यो शेयर जोकोही व्यक्ति व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।

इच्छुक खरिदकर्ताले आफूले प्रतिकित्ता के कति दररेटमा लिन कबुल गर्ने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

बोलपत्र आज (कात्तिक २७) देखि मंसिर ३ गते दिउँसो ३ बजेसम्म शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, लेखनाथमार्ग ठमेल काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ । 

Advertisement

Advertisement