काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणल किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल १५ हजार ८१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले किन्न पाउनेछन् । यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री ल्याइसकेको छ ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।