आगामी शुक्रबार विश्व पर्यटन दिवस भव्यका साथ मनाइँदै

Advertisement

काठमाडौं । नेपालले ४५औं विश्व पर्यटन दिवस भव्यरूपमा मनाउने भएको छ । 

अन्तर्राष्टिय पर्यटन दिवसको ‘पर्यटन तथा शान्ति’ (टुरिजम एण्ड पिस) भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । 

Advertisement

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख अतिथितामा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले विश्व पर्यटन दिवस मनाउन लागेको हो । ‘कार्यवाहक प्रधानमन्त्रीलाई प्रमुख अतिथिताको लागि हामीले निमन्त्रना गरेका छौं । मन्त्रालयले पर्यटनका छाता संघसंस्थासहित, विदेशी कुटनीतिकका प्रमुखहरु, नेपालमा दूतवासहरु भएका प्रमुखहरुलाई निमन्त्रना गरेका छौं ।’ सबैसँग मिलेर उक्त दिवस भव्यका साथ मनाउन लागेको पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । 

कार्यक्रमको लागि पर्यटन मन्त्री बद्रि पाण्डेको अध्यक्षतामा मूल समिति गठन गरि  तयारी गरिरहेको बताउँदै उनले भने, ‘कार्यक्रममा अन्तरक्रिया कार्यक्रमहरु पनि गर्न लागेका छौं । साथै प्रदेश र स्थानीय तहलाई पनि हामीले विश्व पर्यटन दिवसलाई यो वर्षको नारासहित मनाउन प्रत्रचार गरेका छौं । उक्त कार्यक्रमको लागि अधिकांश तयारी पूरा भएको छ ।’ सांस्कृतिक संस्थानः राष्ट्रिय नाचघरमा उक्त कार्यक्रम गर्न लागेका उनले बताए । 

सो कार्यक्रमलाई भव्यका साथ मनाउन सम्पूर्ण पर्यटन व्यवसायीहरु, नेपाल पर्यटन बोर्ड, हान, टान, नाट्टा लगायतको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । विश्व पर्यटन दिवसको दिनमा मात्र नभएर अन्या दिनमा पनि सकिया भएर नेपालको पर्यटकीय सम्भावनालाई उजागत गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य संख्यामा नेपाल आउने क्रम जारी छ ।
 

Advertisement

Advertisement