काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरुलाई प्रतिकित्ता रु. १ हजार ७ सय १४ रुपियाँ लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले आव २०८०–८१ नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव गोबिन्दबहादुर शाहीले जनाएका छन् ।
यसैबीच कात्तिक १२ गते लाभांश पारित गर्न साधारण सभा बोलाइएको छ । लाभांस बितरण गर्ने प्रयोजनका लािग असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरिने निर्णय समेत भएको छ ।