पोखरामा  दिपलको दुई लोकप्रिय मोडल ‘एस०७’ र ‘एल०७’ सार्वजनिक

Advertisement

काठमाडौं । लोकप्रिय चिनियाँ विद्युतीय गाडी दिपलको दुई मोडल एस०७ र एल०७ पोखरामा सार्वजनिक भएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको हो ।

शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाको उपस्थितिमा दिपल ईभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गरेका हुन् ।  

Advertisement

दिपल ईभी सार्वजनिक गर्दै मन्त्री थापाले पोखरामा चांगानको सफलताको कामना गरे । साथै, उनले चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

दिपल ईभीका ब्रान्ड एम्बास्डर एवंम् नेपाल क्रिकेट संघका (क्यान) का सचिव पारस खड्काले दिपल ईभी भ्यालु फर मनि भएको बताए । ‘यसमा यति धेरै फिचरहरु छन् कि जुन अझै पनि अन्य ब्रान्डका ईभीमा उपलब्ध छैन । म दिपलको पर्फमेन्सबाट पूर्ण रुपमा सन्तुष्ट छु । म पोखरालाई आफैं आएर दिपलको प्रविधि र फिचरको फस्ट ह्यान्ड अनुभव गर्न आग्रह गर्न चाहन्छु’ खड्काले भने ।

चांगान पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताइन् । ‘औपचारिक रुपमा पोखरामा सार्वजनिक हुनुभन्दा पहिले नै हामीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाउन थालिसकेका छौं’ उनले भनिन् । 

चांगान नेपालका मार्केटिंग हेड रमेश दनेखूले एमएडब्लु ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए । ‘चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो, जसको एक सय ६२ वर्ष लामो विरासत छ । र नेपालमा यसलाई प्रतिनिधित्व गर्न पाउँदा एमएडब्लु गर्व गर्छ,’ उनले भने । 
नेपालमा सार्वजनिक भएको पाँच महिनामै पाँच सय युनिटभन्दा बढी दिपल विक्री भएको बताउँदै उनले दिपको डिजाइन र टेक्नोलोजीका कारण सबै सन्तुष्ट रहेको बताए ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् । जसका कारण यो ईभी नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

एमएडब्लु वृद्धिले अर्को साता पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ । जहाँ ग्राहकले  दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् । जसअन्तर्गत दिपल एस०७ बजेट अघिको मूल्य अर्थात् ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । 

साथै नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउनुहुनेछ । 
ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने कम्पनीले बताएको छ भने यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सकिने जनाएको छ ।
 

Advertisement

Advertisement