पच्चीस प्रतिशत लाभांश पारित गर्न कहिले बस्दै छ सिद्धार्थ क्यापिटलको साधारणसभा ?

Advertisement

काठमाडौं । सिद्धार्थ क्यापिटलले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

संस्थाले असोज १८ गते आफ्नो कार्यालय नारायणचौर नक्सालमा दिउँसो ३।३० मा बस्ने गरी सभा आह्वान गरेको छ ।

Advertisement

सभाले सञ्चालक समितिका तर्फबाट गत आवको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, वार्षिक नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका विवरणमाथि छलफल, चालू गरी पारित गर्नेछ । 

त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, गत आवको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत (करसहित) नगद लाभांश प्रदान गर्न सञ्चालक समितिलेको गरेको प्रस्ताव पनि सभाले पारित गर्ने एजेन्डा छ । 

त्यसैगरी सभाले गत आवमा संस्थागत सामाजिक उत्तरदायित्त्वअन्तर्गत खर्च गरिएको रकम पारित गर्नुका साथै सञ्चालकहरूको भत्ता पनि वृद्धि गर्नेछ । 

Advertisement

Advertisement