दसैंका लागि आजदेखि सुकिला नोट साट्न पाइने

Advertisement

काठमाडौं । राष्ट्र बैंकले गत वर्षजस्तै यो वर्ष पनि आजदेखि दसैंतिहारका लागि सुकिला नोट सटही सुविधा दिँदै छ ।

राष्ट्र बैंकले दसैंतिहारकै लागि भनेर यो वर्ष नयाँ नोट छपाइ नगरे पनि पुरानै सुकिला नोटलाई प्रयोगमा ल्याउने गरी व्यवस्था मिलाएको छ । 

Advertisement

राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंक तथा वित्तीय संस्थाहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।

गत वर्षहरुमा जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सयसम्मका ५, १०, २०, ५० र एक सय रुपियाँ दरका नोट साट्न मिल्ने राष्ट्र बैंकले जनाएको छ । 

Advertisement

Advertisement