काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा ल्याएको हो ।
यो शेयर जोकोही व्यक्ति वा कम्पनीले खरिद गर्न सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर तोकिएको समयमा संस्थापक शेयरधनीले नकिनेपछि सर्वसाधारणलाई बिक्री खुला भएको हो ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय पोखरामा लिखित आवेदन दिनुपर्नेछ ।