झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटियो बस, गोरखाबाट आएको हुन सक्ने
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । काठमाडौंको नागढुंगानजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । 

पुरिएको अवस्थामा फेला परेको बस निकाल्ने प्रयास जारी छ ।

Advertisement

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको  ना ४ ख २२७० नम्बरको दरौंदी यातायातको बस सम्पर्कविहीन भएको थियो । पुरिएको अवस्थामा फेला परेको सोही बस हुन सक्ने आशंका गरिएको छ । 

बसमा चालकसहित चार जना कर्मचारी सवार थिए । उनीहरू काठमाडौँबाट मानिस ल्याउनका लागि गएका थिए । 

दरौंदी यातायात सेवा प्रालिकाका अध्यक्ष नारायण खत्रीका अनुसार शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा थियो ।  बस त्यसयता सम्पर्कविहीन बनेको छ ।

Advertisement

Advertisement