बाढीपीडितलाई सिटिजन्स बैंकको २५ लाख सहयोग

Advertisement

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बाढी प्रभावितलाई प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपियाँ सहयोग गरेको छ । 

बैंकले शुक्रबार र शनिबारको अविरल वर्षाका कारण पुगेको क्षतिको राहत तथा उद्धार कार्यमा सहयोग गरेको हो । 

Advertisement

लगातार वर्षाले कैंयौले ज्यान गुमाएको, हराइरहेको, घाइते भएको तथा दैनिक जनजीवन नै अस्तव्यस्त भएको अवस्थामा आवश्यक सहयोगको लागि बैंकले सहयोग गरेको बताइएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिटिजन्स बैंक खाँचोमा परेकालाई सहयोग गर्न प्रतिबद्ध छ, संकटको घडीमा सिमित स्रोतसाधनबाट विभिन्न ठाउँमा सहयोग गरिरहेका भन्दै साथमा २५ लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने बताए । 

Advertisement

Advertisement