बाढी पहिरोबाट क्षतिग्रस्त निजी जलविद्युत आयोजनाको संख्या २० पुग्यो, दुई अर्ब ३१ करोडको क्षति

Advertisement

काठमाडौं ।  बिहीबारदेखि  शनिबार रातीसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले प्रभावित हुने निजी क्षेत्रका जलविद्युत परियोजनाको संख्या २० पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले संकलन गरेको पछिल्लो तथ्यांकले सञ्चालन र निर्माणधिन अवस्थामा रहेको २० वटा परियोजना क्षतिग्रस्त भएको देखाएको हो । त्यसमा १५  परियोजनामा मात्रै दुई अर्ब ३१ करोड रुपियाँ क्षति भएको इप्पानले जानकारी दिएको छ । यो बाहेक थप विवरण पनि आउन बाँकी रहेको इप्पानको भनाइ छ । योसँगै अब बीमा कम्पनीहरुको ठूलो रकमको दावी पर्ने पक्का भएको छ । 

बाढीले परियोजना प्रभावित हुदाँ विद्युतको उत्पादन समेत प्रभावित भएको छ ।
बाढीका कारण सरकारी स्वामित्को ४५६ मेगावाटको माथिल्लो तामाकोशी (दोलखा) को बाँध पनि शनिबार क्षतिग्रस्त भएको थियो । शुक्रबारदेखि नै उक्त परियोजनाको उत्पादन बन्द गरिएको छ । यसैगरि भारतीय कम्पनी एसजेभीएनले संखुवासभामा बनाइरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना पनि क्षतिग्रस्त बनेको छ । 
यी बाहेक निजी क्षेत्रले सञ्चालनमा ल्याएका र निर्माणधिन गरेर २० परियोजना पनि बाढीका कारण क्षतिग्रस्त बनेका छन् । यो प्रारम्भिक तथ्यांक मात्रै हो । जलविद्युत आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाको विवरण प्राप्त हुन नसकेको इप्पानले बताएको छ । 

Advertisement

इपानकाअनुसार मान्डू हाइड्रोपावरको २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना (मकवानपुर) को पावर हाउस डुबेको छ, हाल त्यस परियोजनाको विद्युत् उत्पादन ठप्प छ । त्यहाँ एक अर्ब रुपियाँको क्षति भएको अनुमान गरिएको छ । 

यसैगरि माउन्टेन हाइड्रोको २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना (पाँचथर) को पनि पावर हाउस डुबानमा परेको छ । गत वर्षको बाढीबाट पनि प्रभावित यो परियोजना अहिले पुनः डुबानमा परेको हो । यसपाली पनि उक्त परियोजनामा २५ करोड रुपियाँ बराबरको क्षति भएको इप्पानको भनाइ छ । 

यस्तै, पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना (पाँचथर) पनि क्षतिग्रस्त बनेको छ । गत वर्षको बाढीले क्षतिग्रस्त यो आयोजना पुनः निर्माण सकेर सञ्चालनमा आउन लागेको थियो । यसको क्षतिको विवरण आउन बाँकी छ । 

यसैगरि साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना (सोलुखुम्बु) को हेडवक्र्समा क्षतिपनि क्षति पुगेको छ । अहिले परियोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको छ । यसको पनि क्षतिको विवरण आउन बाँकी छ । 

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित तीन मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजन (इलाम) को पनि बाँध र टेलरेसमा क्षति पुगेको छ । हाल परियोजनाबाट उत्पादन बन्द गरिएको छ । उक्त परियोजनामा पाँच करोड बराबरको क्षति भएको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा नै प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना (इलाम) बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ । उक्त परियोजनामा सात करोड रुपियाँ बराबरको क्षति भएको छ । 

यसैगरि एक मेगावाटको फेमे खोला जलविद्युत आयोजना (पाँचथर) को (बाँध र विद्युतगृह पूर्ण रुपमा क्षति भएको छ । यस परियोजनामा १० करोड रुपियाँ बराबरको क्षति भएको इप्पानको भनाइ छ । 

पाँच मेगावाटको सिउरीखोला जलविद्युत आयोजना (लमजुङ) को टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको इप्पानको भनाइ छ । उक्त परियोजनामा दुई करोड रुपियाँको क्षति भएको इप्पानले जानकारी दिएको छ । 

यस्तै, ४० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजना (लामुजुङ) पहुँचमार्ग र प्रोटेक्सन वालमा क्षति पुगेको छ । यसको क्षतिको विवरण यकिन हुन बाँकी छ । 

यसैगरि २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजना (धादीङ) को पहुँचमार्गमा ठूलो क्षति पुगेको इप्पानको भनाइ छ । यसको पनि क्षतिको विवरण आइसकेको छैन । 

नुवाकोटमा निर्माणधिन २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको क्याम्प हाउस र पहुँचमार्गमा क्षति पुगेको छ भने तीन वटा कन्टेनर बगाएको छ । यस परियोजनामा करिब १० करोड रुपियाँ बराबरको क्षति भएको बताइएको छ । 

१० मेगावाटको हेवाखोला जलविद्युत आयोजना (पाँचथर) क्रसर पुरिएको, पहुँचमार्गमा क्षति छ भने प्रसारणलाइनको टावर ढलेको छ । यसैगरि पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको छ । यस परियोजनामा १० करोड रुपियाँ बराबरको  क्षति भएको इप्पनको भनाइ छ । 

यस्तै, १५.१ मेगावाटको सभाखोला बी जलविद्युत आयोजना (पाँचथर) को पहुँचमार्गमा क्षति पुगेको छ भने पावरहाउस पनि पुरिएको छ । यसैगरि बाँधमा क्षति भएको र अस्थायी पुल बगाएको छ । यसमा सात करोड रुपियाँ बराबरको क्षति भएको इप्पानले बताएको छ । 

यसैगरि ६.३ मेगावाटको सभाखोला सी जलविद्युत आयोजना (पाँचथर) पहुँचमार्गमा क्षति पुगेको छ । यस परियोजनामा तीन करोड रुपियाँ बराबरको क्षति भएको इप्पानको भनाइ छ । 

यस्तै, निर्माणधिन ८६.५६ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजना (कास्की) को पहुँचमार्गमा क्षति पुगेको छ । यस परियोजनामा आठ करोड रुपियाँ बराबरको क्षति भएको इप्पानले बताएको छ । 

निर्माणधिन १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजना (नुवाकोट) को दुई स्काभेटर बगाएको छ । यस्तै, दुई वटा लोडर, ३ वटा ट्रिपर र बेलीब्रिज बगाएको छ । साथै, पावर हाउस स्काभेसन पुरिएको इप्पानको भनाइ छ । यस परियोजनामा २५ करोड रुपियाँ बराबरको क्षति भएको इप्पानको भनाइ छ । 

यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजना (रसुवा) को बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति पुगेको छ । क्षतिको रकम भने यकिन हुन बाँकी छ । 

यस्तै, दुई मेगावाटको खानीखोला जलविद्युत आयोजना (ललितपुर) को पावर हाउस डुबेको छ भने प्रसारणलाइनको टावर ढलेको छ । यस्तै, स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति पुगेको छ । पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भएको छ । उक्त परियोजनामा करिब १० करोड रुपियाँ क्षति पुगेको बताइएको छ । 

यस्तै, ४.३६ मेगावाटको टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट (ललितपुर) को पावर हाउस डुबेको छ । साथै, प्रसारणलाइनको टावर ढलेको र स्व्ीचयार्डमा क्षति पुगेको छ । यसैगरि ड्याम र हेडरेस टनेलमा क्षति पुगेको तथा पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भएको बताइएको छ । उक्त परियोजनामा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसैग्रि १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजना (संखुवासभा) को बाँध र पहुँचमार्गमा क्षति पुगेको छ । उक्त परियोजनामा २ करोड रुपैयाँ बराबरको क्षति भएको इप्पानको भनाइ छ । 

तथ्यांकअनुसार पुर्वी नेपालमा निर्माणधिन र सञ्चालनमा भएका जलविद्युत् आयोजनाहरु बढी प्रभावित भएको देखिन्छ । गत बर्ष पनि पुर्वका थुप्रै आयोजना बाढीबाट प्रभावित भएका थिए । यसपाली पनि पुर्वका धेरै परियोजना बाढीबाट प्रभावित भएको देखिन्छ । साथै, अन्य क्षेत्रका परियोजना पनि क्षतिग्रस्त भएका छन् । यसले उत्पादन प्रभावित भएको छ । 
 
कुन परियोजनामा कस्तो क्षति, कति क्षति ? 
१) मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिव १ अर्ब रुपैयाँ बराबरको क्षति ।
२) माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।
३) पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) क्षति एकिन हुन बाँकी ।
४) साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्र्समा क्षति, उत्पादन बन्द) क्षति एकिन हुन बाँकी ।
५) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द), करिव ५ करोड रुपैयाँ बराबर क्षति ।
६) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।
७) फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति) करिब १० करोड रुपैयाँ बराबर क्षति ।
८) सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) करिव २ करोड रुपैयाँ बराबर क्षति ।
९) सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति) क्षति एकिन हुन बाँकी ।
१०) इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति) क्षति एकिन हुन बाँकी
११) माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति ।
१२) हेवाखोला जलविद्युत आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) करिव १० करोड रुपैयाँ बराबर क्षति ।
१३) सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।
१४) सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति) करिव ३ करोड रुपैयाँ बराबर क्षति ।
१५) लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) करिव ८ करोड रुपैयाँ बराबरको क्षति ।
१६) सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।
१७) लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति । क्षतिको रकम एकिन हुन बाँकी ।
१८) खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति । 
१९) टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १५ करोड रुपैयाँ बराबरको क्षति । 
२०) माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति, करबि २ करोड रुपैयाँ बराबरको क्षति ।

 
 

Advertisement

Advertisement