सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज पौने १८ अर्ब बराबरको ट्रेजरी बोलकबोल गर्दै

Advertisement

काठमाडौं । सार्जजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार पौने १८ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा कार्यालयले कूल १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । आज बोलकबोल हुने ट्रेजरीको बिक्री (निष्काशन) भने भोलि मंगलबार अर्थात् असोज १५ गते हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

Advertisement

कार्यालयका अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ । यी दुई किसिमको ट्रेजरी नयाँ बिक्री गर्ने नभएर पुरानै ट्रेजरीको नवीकरण गर्न लागेको हो । तर, १८२ दिनका लागि सार्वजनिक कार्यालयले बिक्री गर्न लागेको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी भने नयाँ हो । 

इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरुले रितपूर्वक तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् । यसअघि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले असोज ७ गते १५ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी उठाएको थियो । 

Advertisement

Advertisement