शेयर बजारमा उत्साह: नेप्से सूचक २६ सय अंकमा उक्लिदा ७ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले बढेर पुनः २६ सय अंक पार गरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११४.७० अंकले बढेको हो । ४.५७ प्रतिशतले बजार बढ्दा नेप्से २६२३.५६ अंकमा उक्लिएको छ ।

Advertisement

बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी ९.७४ प्रतिशतले बढेको छ ।

undefined आज ३०७ कम्पनीका १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजारमा उछाल आएसँगै बिभिन्न ३६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाएका छन् । १८ वटा कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको छ । 

त्यस्तै आज २२ कम्पनीको शेयर मूल्य घट्दा बाँकीको बढेको छ । एनएमबि ५० का लगानीकर्ताहरुले सबैभन्दा बढी ३.८६ प्रतिशतले घाटा व्यहोरेका हुन् । 

एनएलजी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ८२ लाख ८३ हजार ९ सय ५६.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २२.३६ अंकले बजार घट्दा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६.९४ रुपियाँ र हिजो सोमबार ४४.४५ अंकले बजार उचालिंदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९ सय ३५.१२ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement