माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित जेडिए कम्प्लेस्को तेस्रो तलामा रहेको शेयर विभागमा आफूले खरिद गर्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । 

 


 

Advertisement

Advertisement