१४.७३ प्रतिशत लाभांश पारित गर्न भगवती हाइड्रोको साधारणसभा आज

Advertisement

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारणसभा आज बस्दैछ । सभा अर्पण ब्याङ्क्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र करसहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

Advertisement

साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल तथा चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गरिसकेको छ । 

भदौ ३१ गतेसम्म कायम शेयरधनीले लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् । 

 

Advertisement

Advertisement