कुमारी बैंकको २४.२२ हजार कित्ता लिलामी शेयर आजसम्म मात्रै किन्न पाइने

Advertisement

काठमाडौं । कुमारी बैंकको २४ लाख २२ हजार ५४८ कित्ता संस्थापक शेयर लिलामी भर्ने आज (असोज १६ गते) अन्तिम दिन हो । 

यस शेयरमा संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

Advertisement

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

शेयरको न्यूनतम १०५ रुपियाँ तोकिएको छ । खरिदकर्ताले सो वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । शिलबन्दी शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

Advertisement

Advertisement