मोतिहारी–अम्लेखगंज पाइपलाइनलाई थप लोथरसम्म विस्तार गरिने

भारतको १५ अर्ब अनुदानमा सिलिगुडी-चारआली दोस्रो पेट्रोलियम पाइपलाइन निर्माण गरिने

Advertisement

काठमाडौं ।  भारतको सिलिगुडीदेखि नेपालको झापासम्म र नेपालकै अमलेखगञ्जदेखि चितवनसम्म गरी दुई पेट्रोलियम पाइपलाइन बनाउन नेपाल र भारतबीच सम्झौता भएको छ । बिहीबार भारतको नयाँ दिल्लीमा नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसन (आइओसी) बीच उक्त दुई पाइपलाइन सहित झापामा ४० हजार किलोलिटर क्षमताको पेट्रोलियम भण्डारण गृह समेत बनाउने सम्झौता भएको हो ।

निगमकाअनुसार भारतीय अनुदानमा उक्त तीन परियोजना बन्नेछन् । यी तीन परियोजनामा भारतले नौ अर्ब ३७ करोड भारु अर्थात् झण्डै १५ अर्ब रुपियाँ अनुदान दिने सम्झौता भएको छ । यस अनुदान सम्बन्धमा २०८० जेठमा सम्पन्न तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा सहमती भएको थियो । सोहीअनुसार  आज भारतको नयाँ दिल्लीमा अन्तिम सम्झौता भएको छ । अब छिट्टै यसको निर्माणका काम पनि अघि बढ्ने बताइएको छ । 

Advertisement

निगमले आफ्नै लागतमा चितवनमा एक लाख किलोटिरको भण्डारण गृह पनि निर्माण गर्नेछ । यसका लागि भारतको निगमले प्राविधिक सहयोग गर्नै सम्झौता पनि भएको छ । यस परियोजनाको लागि आठ अर्ब ६७ करोड रुपियाँ अनुमान गरिएको छ, जुन निगमले नै जुटाउनुपर्नेछ । 

अहिले भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन  सञ्चालन छ । सोही अमलेखगञ्जदेखि नेपालकै चितवनसम्म अर्काे पाइपलाइन बनाइनेछ । सिलगुढीदेखि नेपालको झापासम्म बनाउन लागिएको पाइपलाइन दोस्रो अन्तरदेशीय पाइपलाइन हो । 

null

Advertisement

Advertisement