यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष अर्थात् सन् २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०२४ मा ३.९ प्रतिशत हाराहारी रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२५ को अन्तसम्ममा १.२ प्रतिशतले वृद्धि हुने प्रक्षपण विश्व बैंकले गरेको हो । 

खासगरी प्रक्षेपित वर्षमा पर्यटक आगमनमा आएको उच्च वृद्धि, जलविद्युत र कृषि उपज धान उत्पादनमा भएको वृद्धिले नेपालको आर्थिक वृद्धि केहीँ सुधार हुने बैंकले जनाएको हो । 

Advertisement

विश्व बैंकको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार नेपाल विकास अपडेटः नेपालमा अन्तर्राष्ट्रिय आप्रवासन र कल्याण, रेमिट्यान्समा तीब्र सुधार आएको समेत देखाएको छ । 

केन्द्रीय बैंकले मौद्रिक नीति केहीँ खुकुलो पार्दै आवश्यक नियामकीय पक्षहरु खुकुलो पारेकाले निजी क्षेत्रको समेत आत्मबल बढेको र यसले आर्थिक वृद्धिमा सहयोग पुग्ने देखिएको बैंकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 
सोही रिपोर्टमार्फत विश्व बैंकले आगामी आर्थिक वर्ष २०१६ मा नेपालको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण समेत गरेको छ ।

यद्यपि, प्रतिवेदनले वित्तीय प्रणालीमा बढेको कमजोरीहरू जस्तै निजी क्षेत्रको ऋण वृद्धिलाई सीमित गर्न सक्ने निष्क्रिय कर्जाको वृद्धि, लगानीलाई रोक्न सक्ने सम्भावित नीति अवरुद्ध, पूँजीको कार्यान्वयनमा ढिलाइ जस्ता दृष्टिकोणले उच्च जोखिम रहेको समेत औंल्याएको छ । 

बजेट खर्च गर्दा पूर्वाधार विकासमा असर पर्ने र क्षेत्रीय अस्थिरता र व्यापार अवरोध गर्ने र पर्यटन र आन्तरिक माग घटाउन सक्नेतर्फ सचेत हुन समेत बैंकले आग्रह गरेको छ । 

‘नेपालको अर्थतन्त्र क्रमिक सुधारको बाटोमा छ’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने, ‘पुँजीगत खर्च बृद्धि गर्ने हाम्रो फोकस, विशेष गरी लगभग सम्पन्न परियोजनाहरू पूरा गरेर, बजेट प्रक्रियामा सुधारहरू सहित, समष्टि आर्थिक स्थिरतालाई बलियो बनाइने छ । घरेलु उत्पादकत्व बढाउन र थप रोजगारी सिर्जना गर्ने समेत सरकार प्रतिवद्धछ’ उनले भने । 

Advertisement

Advertisement