हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

Advertisement

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । असोज १८ गतेदेखि कार्यभार सम्हाल्ने गरी कम्पनीले बिहीबार श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।

योसँगै सीईओ श्रेष्ठ नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा प्रमुख कार्यकारी अधिकृत बन्ने दोस्रो महिला बनेकी छिन् । सीईओ श्रेष्ठले शुक्रबारदेखि नै कार्यभार सम्हालेकी छिन् । 

Advertisement

नव नियुक्त सीईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन १६, २०५२ मा सहायक अधिकृतको
रूपमा बीमा क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठले आफ्नो अथक प्रयास र समर्पणले यो क्षेत्रमा सफल बनाएको हो ।

कार्यभार सम्हाल्दै सीईओको श्रेष्ठले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने बताएकी छिन् ।

Advertisement

Advertisement