बाढी पीडित घाइते भेट्न वीरमा पुगेका स्वास्थ्यमन्त्री भन्छन्– सबैको अवस्था सामान्य रैछ

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरोमा परी घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । 

बिहीबार वीर अस्पतालको ट्रमा सेन्टर पुगेर उनले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पौडेलले अहिले ट्रमा सेन्टरमा ९ जना घाइते उपचार गरिरहेको र सबैको अवस्था साधारण नै रहेको बताए ।

Advertisement

अझै पनि उपचार आवश्यक रहेकाहरु छुटेमा उपचारका लागि अस्पताल आउन आग्रह गर्दै पौडेलले घाइतेहरुको उपचार कसरी व्यस्थित गर्न सकिन्छ ? भन्ने विषयमा मन्त्रालय लागिपरेको बताए । 

उनले भने, ‘धेरै त डिस्चार्ज भएर गइसक्नु भएको छ । अहिले यहाँ ९ जना बिरामीहरु जसमा तीन जना इमरजेन्सीमा र ६ जना वार्डमा हुनुहुन्छ । उहाँहरुको राम्रो उपचार भइरहेको छ । आज दुई जना डिस्चार्ज हुँदै हुनुहुन्छ । घाइतेहरुलाई पनि बुझे उहाँहरु सन्तुष्ट हुनुहुन्छ । अझै पनि हामीले उपचार आवश्यक हुनुभएकाहरु हुनुहुन्छ भने उपचारका लागि अस्पताल आउन आग्रह गरेका छौं । हामीले बाढि पहिरो लगायतका विपद्मा घाइतेहरुको उपचार कसरी व्यस्थित गर्न सक्छौं ? भनेर लागिपरिरहेका छौं ।’

पौडेलले निजी अस्पतालहरुलाई पनि विपद्मा परि घाईते भएकाहरुको निःशुल्क उपचारको लागि सहयोग गर्न अनुरोध गरेको भन्दै उपचार नपाएर समस्यामा पर्ने स्थित रहेको बताए ।

Advertisement

Advertisement