विपद र चाडसँगै आएकाले हवाई चाप बढेको होः मन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएका कारण हवाई चाप बढेको बताएका छन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई बोल्र्दै मन्त्री पाण्डेले विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको बताएका हुन् । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं । मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए । 

Advertisement

उनले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरु बनाएर सुदृढिकरण गर्ने उद्घोष गरेका छन् । मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ, संस्थाहरुले सत्यतथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले नेपालको हवाइ आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध समेत गरेका छन् । 

मन्त्री पाण्डेले आज नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यातायात सम्बन्ध पदाधिकारीहरुसँग छलफल गर्नुका साथै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरको समेत अवलोकन गरेका छन् ।
 

Advertisement

Advertisement