बैंकहरुमा निक्षेप अहिलेसम्मकै उच्च विन्दुमा, लगानीयोग्य रकम नै रु. सात खर्ब ८० अर्बभन्दा धेरै

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । गत असोज १६ गते बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप ६६ खर्ब सात अर्ब रुपियाँ पुगेकोमा असोज १७ गतेसम्म भने त्यो बढेर ६६ खर्ब सात अर्ब रुपियाँ पुगेको हो । 

विवरणअनुसार यो हालसम्मकै उच्च निक्षेप हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार यसअघि भदौ २७ गते बैंक तथा वित्तीय संस्थाको निक्षेप ६५ खर्ब पाँच अर्ब रुपियाँ पुगेको थियो । त्यसपछिको २० दिनमै बैंकहरुको निक्षेप एक खर्ब रुपियाँ हारहारीमा बढेको छ । बढ्दो रेमिट्यान्स, उच्च सरकारी खर्च लगायतका कारण बैंकहरुको निक्षेप बढेको बताइन्छ । 

Advertisement

असोज १७ गतेसम्म बाणिज्य बैंकहरुमा मात्रै ५८ खर्ब ८० अर्ब रुपियाँ निक्षेप जम्मा भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने सात खर्ब २७ अर्ब रुपियाँ निक्षेप रहेको राष्ट्र बैंकको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने ५२ खर्ब ५७ अर्ब रुपियाँ पुगेको छ । त्यसमा बाणिज्य बैंकहरुबाट मात्रै ४६ खर्ब ५४ अर्ब रुपियाँ कर्जा प्रवाह भएको देखिन्छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट भने छ खर्ब तीन अर्ब रुपियाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । कर्जा बक्यौताको आधारमा यस्तो आकँडा देखिएको हो । 

यसरी बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.२० प्रतिशत कायम भएको छ । बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पुग्ने गरि ऋण लगानी गर्न पाउछन् । त्यो अनुसार अझै बैंकहरुले निक्षेपको ११.८० प्रतिशत रकम ऋण लगानी गर्न पाउछन्, जुन रकम सात खर्ब ८० अर्ब रुपियाँ हुन आउछ । 

तर, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न सकेको छैन । फलस्वरुप खर्बौं रुपियाँ बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ । यद्यपि, दशैं तिहारले भदौ र असोजमा कर्जाको माग केही बढेको छ । 

Advertisement

Advertisement