नबिल बैंकका चितवन र जनकपुरका दुई शाखा सर्दै

Advertisement

काठमाडौं । नबिल बैंकले दुई शाखा स्थानान्तरण गर्दै छ । 

बैंकले चितवन र जनकपुरका शाखा स्थानान्तरण गर्न लागेको हो । 

Advertisement

हाल चितवनको भरतपुर महानगरपालिका ३ कमलनगरमा रहेको नारायणगढ कमलनगर शाखा सोही महानगरको वडा नं.१ मा नारायणगढ मिलनरोड शाखाको नामबाट सर्नेछ । 

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १ भानुचोकमा जनकपुर शाखाबाट सञ्चालित शाखा पनि सर्दै छ । सो शाखा सोही उपमहानगरको वडा नं. ८ पिडारीचोकमा जनकपुर पिडारीचोक शाखाका नामबाट स्थानान्तरण हुन लागेको हो । 

यी दुवै शाखा कात्तिक ४ गतेदेखि स्थानान्तरण हुने बैंकले जनाएको छ । 

साविकका शाखाको लकरमा टुटफुट हुने सामान भएमा कात्तिक १ गते बिहीबारसम्म निकाल्न बैंकले आग्रह गरेको छ । 


 

Advertisement

Advertisement