डिजिटल पेमेन्टमा 'रेकर्ड ब्रेक', साउनमा मात्रै १२७ खर्ब भुक्तानी

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनमै डिजिटल पेमेन्ट (विद्युतीय भुक्तानी)मा नयाँ रेकर्ड कायम भएको छ । 

साउन महिनामा सबै माध्यमबाट गरेर कुल १२७ खर्ब ३२ अर्ब ८२ करोड रुपियाँ बरारबरको डिजिटल भुक्तानी भएको छ, जुन मासिकरुपमा हालसम्मकै उच्च हो । 

Advertisement

यसअघि गत असारमा असारमा ८८ खर्ब ३३ अर्ब नौकरोड रुपियाँको यस्तो भुक्तानी भएर नयाँ रेकर्ड कायम भएको थियो । अहिले त्यो रेकर्ड तोडिएको छ । त्यस्तै, २०७९ असारमा ६२ खर्ब २७ अर्ब ६४ करोड रुपियाँको डिजिटल भुक्तानी भएको थियो ।

गत आवको साउनमा भने ४३ खर्ब ६२ अर्ब ४६ करोड रुपियाँ बराबरको विद्युतीय भुक्तानी भएको थियो । गत आवभर भने ५९२ खर्ब १५ अर्ब ६७ करोड रुपियाँको डिजिटल पेमेन्ट भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

समीक्षा महिनामा आरटीजीएसमार्फत नै सबै भन्दा धेरै भुक्तानी भएको छ । उक्त माध्यमबाट १०८ खर्ब तीन अर्ब दुई करोड रुपियाँको भुक्तानी भएको छ ठूला ठूला रकमका भुक्तानी आरटीजीएसमार्फत गरिन्छ । 

सरकारी ठेक्का लगायतका भुक्तानी पनि यसैमार्फत हुने गर्छ । सामान्यतया, २० लाख रुपियाँभन्दा माथिको भुक्तानी आरटीजीएसमार्फत गरिन्छ ।
गत आर्थिक बर्षान्तमा सरकारले ठूलो रकम खर्च गर्ने गर्छ । ठेकदार लगायतलाई सरकारले दिएको चेक साउनमा पनि साट्न पाउने भएकाले सरकारी खर्च उच्च हुने गर्छ । 

यसैगरि ठेकदारहरुले पनि आफ्नो आपूर्ति श्रृंखलाका सेवाप्रदायकलाई भुक्तानी दिन्छन् । यस्ता कारण साउनमा आरटीजीएसको माध्यमबाट गरिने भुक्तानी धेरै हुने राष्ट्र बैंकको तर्क छ । 
 
दोस्रो नम्बरमा भने इलोक्ट्रोनिक चेक क्लिरेन्स रहेको छ, उक्त माध्यमबाट साउनमा पाँच खर्ब ३२ अर्ब ३१ करोड रुपियाँ भुक्तानी भएको छ । तेस्रो स्थानमा रहेको कनेक्ट आईपीएसमार्फत पाँच खर्ब २५ अर्ब ३३ करोड रुपियाँ बराबरको भुक्तानी भएको देखिन्छ ।

अधिकांश ग्राहकले प्रयोग गर्ने र लोकप्रिय समेत बन्दै गएको मोवाइल बैंकिङबाट पनि तीन खर्ब ७४ अर्ब छ करोड रुपियाँको भुक्तानी भएको छ । धेरै भुक्तानी गर्नेमा मोवाइल बैंकिङ चौथो नम्बरमा छ । पाचौं स्थानमा भने आईपीएस रहेको छ । उक्त आध्यमबाट साउनमा एक खर्ब ७४ अर्ब छ करोड रुपियाँ भुक्तानी भएको छ । 

यसैगरि डेविट कार्डबाट ९१ अर्ब ९३ करोड, एटीएम विथड्रबाट ८७ अर्ब  ८७ करोड, क्यूआरबाट ६२ अर्ब २८ करोड, वालेटबाट ४३ अर्ब ६९ करोड, इन्टरनेट बैंकिङबाट २२ अर्ब ४९ करोड, पोवइन्ट अफ सेल्स (पीओएस)बाट छ अर्ब चार करोड र क्रेडिट कार्डबाट दुई अर्ब छ करोड रुपियाँ भुक्तानी भएको देखिन्छ । 

यस्तै, ब्रान्चलेन्स बैंकिङबाट एक अर्ब ८८ करोड, र्इ–कर्मशबाट एक अर्ब १२ करोड र प्रि–पेड कार्डबाट एक अर्ब चार करोड रुपियाँ भुक्तानी भएको तथ्यांकमा उल्लेख छ ।

Advertisement

Advertisement