लाभांशको प्रस्ताव राखेर सिटिजन्स बैंकले डाक्याे साधारणसभा, बुक क्लाेज कहिले ?

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सोही प्रस्ताव पारित गर्न बैंकले कात्तिक १२ गते सोमबार १८औं वार्षिक साधारणसभा डाकेको छ । सभा,अमृतभोग डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे बस्नेछ । 

Advertisement

सभाले ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । 

चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि सभाले तोक्नेछ । 

त्यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन उपयुक्त देखेमा सोसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले असोज २९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । 

असोज २३ गतेसम्म कायम शेयरधनीले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

Advertisement

Advertisement