‘आफैंले हस्ताक्षर गरेको नोट दक्षिणाको रुपमा दिन पाउँदा खुशी लाग्ने रहेछ’

Advertisement

– डा. चिरञ्जिवि नेपाल
अघिल्ला वर्षहरु जस्तै यसपालीको दशैं पनि आमासँगै मनाउने योजना छु । ९२ वर्षकी बुढी आमा साथमा नै हुनुहुन्छ । जीवन संगिनी (श्रीमती) र आमासँगै दशैं मनाइन्छ । 

पुर्खौली घर पाल्पा भए पनि सानै उमेरदेखि काठमाडौं बस्न थालियो । मलाई थाहा भएसम्म जब म ६ वर्षको थिए । त्यसपछि हामी काठमाडौं बस्न थालेका हौं । चाबहिलमा घर छ । यतै बसियो । यतै हुर्कियो र पढियो । 

Advertisement

अर्को घर भैरहवामा पनि छ । उता आफन्तहरु धेरै हुनुहुन्छ । सोचिरहेको छु, यो वर्ष भैरहवा जानुपर्छ कि । यसपालिको दशैं काठमाडौंमा नै मनाउने हो कि भैरहवा जाने वा पुर्खौली थलो पाल्पा जाने । अहिलेसम्म एकिन भइसकेको छैन ।

म आफै पनि एउटा किताब लेख्दैछु । पुस्ककै बारेमा त अहिले नै नभनौं, तर त्यो राजनीतिक विषयवस्तुमा केन्द्रित छ ।

जहाँ मनाए पनि आफन्तहरु जम्मा हुने र रमाइलोसँग धुमधामले दशैं मनाउने योजनामा छौं । 

दशैं लगत्तै अयोध्याको भ्रमणमा निस्कने योजना पनि छ । तर, यो यकिन भने भइसकेको छैन । दशैंको फुर्सदको समयमा केही किताब तथा लेखहरु पढ्ने योजना पनि छ । त्यसका लागि छानेर केही महत्वपूर्ण किताबहरु किनिसकेको छु ।

म आफै पनि एउटा किताब लेख्दैछु । पुस्तककै बारेमा त अहिले नै नभनौं । तर त्यो राजनीतिक विषयवस्तुमा केन्द्रित छ । यसको करिब मध्य–मध्य भागमा आइपुगेको छु । दशैंको फुर्सदको समयलाई यसमा सदुपयोग गर्ने योजना पनि छ । 
 

undefined

खानपिन
दशैं भन्ने बित्तिकै खानपिन गर्ने, घुमफिर गर्ने र तास, लङ्गुरबुर्जा, कौडा आदि इत्यादी खेल्ने र रमाइलो गर्ने भन्ने हुन्छ । तर म जुवा तास केही खेल्दिन ।

ड्रिङ्स् खासै गर्दिन तरपनि साथीभाइ आफन्तहरुसँग रमाइलोमा जम्दा थोरै मात्रमा लिन्छु ।

तर, पहिला–पहिला चङ्गा भने खुबै उडाइन्थ्यो ।सानामा चङ्गाको लट्टाई र धागोमा जलेका चिम जोड्ने र धागोमा मसिनो साबुदाना पकाएर दलेर खुबै रमाइलोसँग चङ्ग उडाइन्थ्यो । उबेला हामी दौतरीहरुबीच प्रतिस्पर्धाकै रुपमा ‘चङ्गा चैट’ चल्थ्यो । अहिले यो ‘कल्चर’ विस्तारै हराउँदै गएको महशुस मलाई हुन्छ । 

खानपिनतर्फ मलाई खासै बन्देज छैन । माछा, मासु अरु आइटमहरु मजाले चल्छ । त्यसो त खान मात्र होइन । मलाई यी माछा, मासु र खानाको आइटमहरु पकाउन पनि आउँछ । दशैंमा म आफै पनि पकाउने गर्छु ।

ड्रिङ्स् खासै गर्दिन तर पनि साथीभाइ आफन्तहरुसँग रमाइलोमा जम्दा थोरै मात्रमा लिन्छु । 

धार्मिक विश्वास
वास्तविकतामा म पूर्ण धार्मिक व्यक्ति नै हुँ । अहिले पनि म बिहानै उठ्ने र देवीदेवताको पूजापाठ र ध्यान गर्ने गर्छु । गीताको पाठक राम्रोसँग गर्छु । यी भित्रका श्लोक तथा खण्ड खण्डहरु मलाई कण्ठ नै छ । 

दशैंमा नवदुर्गा भवानीको पूजापाठ र ध्यान गर्ने कुरा मेरा लागि अनिवार्य नै हुन्छ । विजयादशमीको दिन आमाको हातबाट टीका थापेपछि अरु ठूलाबढाको हातबाट टीका र आर्शिवाद थापिन्छ । 

null

आफैले सिग्नेचर गरेको नोट दक्षिणाको रुपमा दिन पाउँदा खुशी लाग्ने रहेछ ।

दक्षिणा
दशैंको टीकासँगै प्रदान गरिने नगद दक्षिणाको आफ्नै महत्व छ । धार्मिकसँगै सामाजिक पक्षले दक्षिणालाई विशेष बनाएको छ । अझ मेरा लागि त यो विशेष हुने नै भयो । 

जब म राष्ट्र बैंकको गभर्नर भए, शुरुको वर्ष त्यसै बित्यो । दोस्रो वर्ष बजारमा मेरो सिग्नेचर (हस्ताक्षर) भएको बैंक नोटहरु निस्किए । त्यसै वर्षको दशैंमा बजारमा मेरै हस्ताक्षर भएका नोटहरु छ्याप्छ्याप्ती भए । 

कति नोट दक्षिणाको रुपमा म आफैले पाए भने कति नोट अरुलाई दिए । आफैले सिग्नेचर गरेको नोट दक्षिणाको रुपमा दिन पाउँदा खुशी लाग्ने रहेछ । तर, पछिल्ला वर्षहरुमा भने यस्तो अनुभव रहेन । सायद अरु गभर्नहरुको पनि यस्तै अनुभव हुनुपर्छ ।

undefined

दशैंको महत्व
पहिले पहिले दशैं भनिसकेपछि नयाँ लुगा, नयाँ जुत्ता लगाउने, माछा मासु खाने, पिंङ खेल्ने, चङ्गा उडाउने भन्ने हुन्थ्यो । अधिकांशका लागि मिठोमसिनो खान दशैं नै आउनुपर्थ्यो । तर, अहिले यस्तो अवस्था छैन । 

मिठोमसिनो खान, माछा मासु खानकै लागि अहिले दशैं कुरिराख्नुपर्ने अवस्था छैन । धेरैका लागि यो सामान्य भइसक्यो । तर, अहिले पनि गरिवीमा रहेकालाई भने यो मुस्किल छ । गरिवी न्यूनिकरणका लागि देशको राजनीतिक परिवर्तनसँगै सामाजिक र आर्थिक उन्नती हुन आवश्यक छ । 

यो वर्ष थप बाढी पहिरोले धेरैलाई नोक्सान पुर्याएको छ । सयौंको ज्यान गएको छ भने हजारौंलाई घरबारबिहीन बनाएको छ । यसले दशैं केहीँ खल्लो बनेको छ ।

डा. नेपाल– नेपाल राष्ट्र बैंकका १६औं गभर्नर (वि.स. २०७१ चैत ५–२०७६ चैत २४) हुन् । 

Advertisement

Advertisement