काठमाडौं । नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरु आरोहणको लागि खुल्ला गरिएको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपालका थप ५७ वटा हिमालहरु आरोहणका लागि खुल्ला गर्ने निर्णय गरेको हो ।
सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा आरोहणको लागि नयाँ हिमाल खुल्ला गर्ने कार्यक्रम रहेको थियो । सरकारले यसअघि ४०४ वटा हिमाल आरोहणको लागि खुल्ला गरेकोमा ५७ वटा थपिएर ४६१ पुगेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए ।