सानिमा बैंकले घोषणा गर्यो ५.२६ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । सानिमा बैंकले ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०८०–८१ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रुद्रप्रुाद बन्जाराले जनाएका छन् । 

Advertisement

बैंकको हाल कायम चुक्ता पूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४ सय १४.३३ रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement