मुलुकको वर्तमान अर्थतन्त्र : चालु खाता र शोधनान्तर स्थिति दुबै बचतमा, अरु के-केमा छ सुधार ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक वर्षको साउन र भदौको रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले समीक्षा अवधिमा मुलुकको चालु खाता ४९ अर्ब ६९ करोड रुपियाँले र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपियाँले बचतमा रहेको जनाएको हो । 

अघिल्लो वर्षको यसै अवधिमा चालु खाता जम्मा २३ अर्ब ९७ करोडले बचतमा रहँदा यता शोधनान्तर स्थिति ५५ अर्ब १० करोडले मात्र बचतमा रहेको बैकले जनाएको छ । 

Advertisement

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब २० करोड रुपियाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) २ अर्ब ७१ करोड रुपियाँ रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर ८५ करोड ८ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) रु.३ अर्ब रहेको थियो ।

यस्तै, 
समीक्षा अवधिमा मुलुकको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको भने,
–आयात १.१ प्रतिशतले बढेको र निर्यात ५.१ प्रतिशतले घटेको छ ।
–विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब १४ करोड पुगेको छ ।
–कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ भने अमेरिकी डलरमा यस्तो सञ्चिति १६ अर्ब ४ करोड रहेको छ ।
–समीक्षा अवधिमा नेपाल सरकारको बजेट खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपियाँ र राजस्व परिचालन १ खर्ब ६६ अर्ब ३९ करोड रुपियाँ रहेको छ ।
–विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको
छ ।
–बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले
बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर
६.६ प्रतिशत रहेको केन्द्रीय बैकले जनाएको छ । 
 

Advertisement

Advertisement