बाढीले पुर्याएको क्षतिमा दिन थाले भुक्तानी: हालसम्म पौने चार अर्बको दावी, ७८ लाख  भुक्तानी

Advertisement

काठमाडौ । असोज १० देखि १२ गतेसम्म भएको अविर भारी बर्षाका कारण आएको बाढी पहिरोबाट भएको क्षतिमा दुई निर्जीवन बीमा कम्पनीले ७८ लाख ६५ हजार ३५७ रुपियाँ दावी भुक्तानी दिइसकेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त असोज २२ गतेसम्मको अद्यावधिक तथ्यांकले यस्तो देखाएको हो । 

असोज २२ गतेसम्ममा शिखर इन्स्योरेन्सले ७८ लाख २६ हजार ४७९ रुपियाँ दावी भुक्तानी दिएको छ । उक्त कम्पनीले ६९ वटा संख्यामा सो बराबरको दावी भुक्तानी भएको हो । यसैगरि आईजीआई प्रुडेन्सीयलले एउटा दावीमा ३८ हजार ८७ रुपियाँ भुक्तानी गरेको छ । यो  दावी आवेदन परेपछि अग्रिम रुपमा भुक्तानी गरेको रकम हो । बाढीले पुर्याएको क्षतिमा बीमा दावी योग्य क्षतिको मुल्यांकन गरेर अन्तिम दावी भुक्तानी दिन भने बाँकी नै छ । 

Advertisement

समीक्षा अवधिसम्म बाढी पहिरो कारण भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा तीन अर्ब ८१ करोड ७९ लाख ९६ हजार रुपियाँको दावी परेको छ । सो रकम बराबरको १३ सय ७४ वटा दावी परेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

हालसम्म लघु बीमासहित बिभिन्न ११ वटा निर्जीवन बिमा कम्पनीमा सो बराबरको दावी परेको हो । यसमा निर्जीवन बीमा कम्पनीहरुको मात्रै तथ्यांक छ । जीवन बीमा कम्पनीमा परेको दावीको विवरण आइसकेको छैन ।

पोर्टफोलियोको आधारमा हालसम्म इन्जिनियरीङ बीमामा ९६ करोड ८१ लाख ६० हजार रुपियाँ बराबरको १०८, कृषि बाली बीमामा ९५ लाख ६० हजार रुपियाँ बराबरको ११२ वटा, पशुपंक्षी बीमामा ६३ लाख ३३ हजार रुपियाँ बराबरको ४२ वटा, मोटर बीमा (निजी) मा १० करोड ९६ लाख ८२ हजार रुपियाँ बराबरको ३६६ वटा, मोटर बीमा (सार्वजनिक) मा पाँच करोड ८२ लाख ७४ हजार रुपियाँ बराबरको ११५ वटा, विविध बीमामा ५१ लाख ९५ हजार रुपियाँ बराबरको १४ वटा, सम्पत्ति बीमामा दुई अर्ब ६५ करोड २३ लाख ८० हजार रुपियाँ बराबरको ६१२ र सामुन्द्रि बीमामा ८४ लाख नौ हजार रुपियाँ बराबरको पाँच वटा दावी परेको छ । 

यस्तै, प्रदेशगत रुपमा कोशीमा आठ करोड ५८ लाख रुपियाँ बराबरको १४८ वटा, मधेश प्रदेशमा पाँच करोड १९ लाख रुपियाँ बराबरको ४३ वटा, बागमतीमा तीन अर्ब ६३ करोड ६३ लाख रुपियाँ ११ सय ५४ वटा, गण्डकीमा एक करोड १० लाख ५० हजार रुपियाँ बराबरको सात वटा, लुम्बिनीमा तीन करोड २३ लाख  रुपियाँ बराबरको १९ वटा,  कर्णालीमा दुई लाख ५० हजार रुपियाँ बराबरको एक वटा र सुदुर पश्चिममा दुई लाख रुपियाँ बराबरको एक वटा दावी परेको छ । 

कम्पनीको आधारमा हालसम्म दि ओरिएन्टलमा एक अर्ब ४५ करोड ४० लाख रुपियाँ बराबरको १६२ वटा, नेकोमा ९६ करोड ४३ लाख १८ हजार रुपियाँ बराबरको २५८ वटा, आईजीआई प्रुडेन्सीयलमा एक करोड ३७ लाख २० हजार रुपियाँ बराबरको २५ वटा, एनएलजीमा १९ करोड आठ लाख ६४ हजार रुपियाँ बराबरको १३६ वटा, युनाइटेड अजोडमा १० करोड २५ लाख ३० हजार रुपियाँ बराबरको २६० वटा, प्रभुमा चार करोड ९० लाख ७२ हजार रुपियाँ बराबरको १०७ वटा, राष्ट्रिय बीमा कम्पनीमा १० करोड ७२ लाख रुपियाँ बराबरको १६ वटा र शिखरमा ९३ करोड सात लाख ६६ हजार रुपियाँ बराबरको ३९३ वटा दावी परेको छ ।

यस्तै, लघुबीमातर्फ स्टार माईक्रोमा ३६ लाख ८५ हजार रुपियाँ बराबरको नौ वटा, ट्रस्ट माइक्रोमा १५ लाख २० हजार रुपियाँ बराबरको चार वटा र प्रोटेक्टीभ माइक्रोमा दुई लाख लाख ६० हजार रुपियाँ बराबरको ४०  वटा दावी परेको छ । 
असोज ११ गतेदेखि १२ गतेसम्म भएको बर्षाले आएको बाढी, पहिरो र डुबानले निजी घर, बिभिन्न स्टोर रुम, पसल, सवारी साधान, ऊर्जा परियोजना लगायतमा ठूलो क्षति भएको छ । त्यसमा बीमा गरेकाहरुले सो बराबरको दावी पेश गर्न सुरु गरेका छन् । यद्यपि त्यो बढ्दो क्रममा छ । उक्त विपद्लाई लक्षित गर्दै कम्पनीहरुले मुल्यांकन अघि अग्रिम रुपमा आंशिक रकम दावी भुक्तानी दिन सुरु गरेका छन् । 

यद्यपि, कम्पनीहरुमा सात अर्ब ४० करोड ७१ लख ३५ हजार रुपियाँ बराबरको दुई हजार ५७६ वटा दावी पर्ने अनुमान गरिएको छ । बीमा कम्पनीहरुको प्रारम्भिक निरीक्षणले तथा प्राप्त सुचनाको आधारमा यस्तो अनुमान गरिएको हो । 

सिदार्थ प्रिमियरमा एक अर्ब ९३ करोेड ७८ लाख रुपियाँ बराबरको ४५० वटा, दि ओरिएन्टलमा एक अर्ब ४५ करोड ४० लाख रुपियाँ बराबरको १६२ वटा, हिमालयन एभरेष्टमा ९४ करोड ६८ लाख रुपियाँ बराबरको २१२ वटा, नेकोमा ९६ करोड ४३ लाख रुपियाँ बराबरको २५८ वटा, सगरमाथा लुम्बिनीमा ६५ करोड ४८ लाख रुपियाँ बराबरको ३३९ वटा, नेशनलमा ३८ करोड १७ लाख रुपियाँ बराबरको ५० वटा, नेपालमा ३३ करोड ८१ लाख रुपियाँ बराबरको १५८ वटा, आईजीआई प्रूडेन्सीयलमा २० करोड ६४ लाख रुपियाँ बराबरको २४८ वटा, एनएलजीमा १९ करोड आठ लाख रुपियाँ बारबको १३६ वटा, सानिमा जीआईसीमा १७ करोड १५ लाख रुपियाँ बराबरको १७५ वटा, युनाइटेड अजोडमा १० करोड २५ लाख रुपियाँ बराबरको २६० वटा  र प्रभुमा चार करोड ९० लाख ७२ हजार रुयियाँ बराबरको १०७ वटा दावी पर्ने अनुमान गरिएको छ । 

यस्तै, लघुबीमातर्फ स्टार माईक्रोमा ६६ लाख ६६ हजार रुपियाँ बराबरको नौ सात वटा, ट्रस्ट माइक्रोमा १५ लाख २० हजार रुपियाँ बराबरको चार वटा, नेपाल माइक्रोमा चार लाख ५० हजार रुपियाँ बराबरको चार वटा र प्राटेक्टीभ माइक्रोमा तीन लाख ३० हजार बराबरको चार वटा दावी पर्ने अनुमान गरिएको छ । यद्यपि, यो तथ्यांक थपघट हुन सक्नेछ । 

प्राप्त दावी पछि कम्पनीहरुले बीमायोग्य क्षतिको मुल्यांकन गरेर भुक्तानी दिनेछन् । यद्यपि, पछिल्लो विपद्ले बीमितलाई परेको समस्यालाई लक्षित गर्दै अग्रिम भुक्तानीको काम पनि कम्पनीहरुले गरेको देखिन्छ । 
 

Advertisement

Advertisement