नयाँ नोट वितरण नगर्दा खल्लो दशैं, दक्षिणामा पाएको नोट कसरी सुरक्षित राख्ने ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटक दशैंतिहारका लागि नयाँ नोट वितरण गरेन । बढ्दो लागत र सुरक्षा चुनौतीलाई नै कारण देखाउँदै यो वर्ष केन्द्रीय बैंकले नयाँ नोट नछाप्ने निर्णय गरेको हो । 

पूराना काम लाग्ने सुकिला नोटलाई नै प्रयोगमा ल्याउने र खर्च कम गर्ने उद्देश्यसहित नयाँ नोट नछाप्ने निर्णय गरिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डिल्लीराम पोखरेल बताउँछन् । 

Advertisement

तर दशैंमा नयाँ नोटको विशेष महत्व राख्दै आएको थियो । दशैंमा नयाँ नोटको प्रचलन संस्कृतिकै रुपमा विकास भएकोमा राष्ट्र बैंकले खर्च जोगाउने र विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने नाममा नयाँ नोट वितरण नगर्दा जनतामा खल्लोपन छाएको छ । 

राष्ट्र ब्याङ्कका अनुसार सरदर एउटा नोट छपाउन औसत २ रुपियाँ ४४ पैसा खर्च हुन्छ । तुलनात्मक रुपमा रु. १, रु. २ र रु. ५००, रु. १००० को नोट छपाउन अझ बढी महंगो पर्छ ।

रु. १ र रु. २ को नयाँ नोट छपाउन २ रुपियाँ ४० पैसादेखि २ रुपियाँ ७३ पैसा लाग्छ भने रु. ५०० को नयाँ बैंक नोट छपाउन प्रतिनोट ४ रुपियाँ ६८ पैसासम्म लाग्ने केन्द्रीय बैंकले जनाएको छ । रु. १००० को नोट छपाउन ३ रुपियाँ ३७ पैसा जति लागत लाग्छ । 

null

तर, रु. ५, रु. १०, रु. २०, रु. ५०, रु. १०० को नोट छपाउन भने प्रति नोट औसत २ रुपियाँ ५० पैसा लाग्ने स्थिति छ । 

यस्तोमा एउटा वर्गको मात्र नयाँ नोट छाप्नु परेमा केन्द्रीय बैंकले करोडौं रुपियाँ खर्च गर्नुपर्ने हुन्छ । त्यसमा सार्वजनिक टेन्डर, ढुवानी तथा व्यवस्थापन लागत खर्च समेत जोड्दा थप खर्च आउछ । यसैले यो खर्च कम गर्न पनि यो पटक नयाँ नोट नछपाउने निर्णय गरेको राष्ट्र बैंकको तर्क छ । 

‘काम चल्नेसम्मका पूरानै नोटलाई चलाउ भन्ने हाम्रो नीति हो । एक त छपाई खर्च बढी आउने अर्कोतर्फ नयाँ नोटको जतन गर्ने परिपाटीको कहिल्यै विकास भएन । त्यसैले पूरानै नोटमा बानी पार्न र नोटको जतन गर्नुपर्ने रहेछ भन्ने सिकाउन पनि यसपटक केन्द्रीय बैंकले पूरानै नोटले काम चलाउने निर्णय गरेको हो’ पोखरेलले कर्पोरेट नेपालसँग भने ।

सोही नीतिबमोजिम केन्द्रीय बैंकले यसपटक बैंक तथा वित्तीय संस्थाहरुलाई पूराना नोटबाट फिट (काम लाग्ने) र अनफिट (काम नलाग्ने झुत्रा) नोट छुट्याउन र सोही अनुसार सटही सुविधा दिन निर्देशन गरेको पोखरेलको भनाइ छ । 

यसबाट के प्रस्ट हुन्छ भने बैंक नोटको महत्व कति छ ? एउटा नोट छाप्न लाग्ने खर्च पुनः दोहोरिनु भनेको हामीले नोट सुरक्षा अर्थात् हिफाजतपूर्ण तरिकाले प्रयोग नगर्नु पनि हो । प्रयोग गर्दैगर्दा नोट आफै झुत्रा हुनुमा भने कुनै दोष छैन ।

null

नोटको सुरक्षा कसरी गर्ने त ?
सर्वप्रथम नोटको सुरक्षा आफैबाट शुरु गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ । आफ्नो हातमा परेको नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने गर्नुपर्छ । कुनै पनि प्रकारको रङ नोटमा लगाउनु हुँदैन । 

खासगरी दशैंतिहार तथा छठमा पूजा पाठ, टीकाटालो गर्दा दक्षिण तथा भेटिका रुपमा बढी नोटकै प्रयोग गर्ने गरिन्छ । दक्षिणा दिँदा वा पाउँदा बैंक नोटलाई सकभर अबिर, केशरी, अक्षता, पानीबाट जोगाउनुपर्छ । यो हाम्रो दायित्व पनि हो ।

अर्को महत्वपूर्ण पक्ष नोटमा जथाभावी लेख्ने, केरमेट गर्ने गर्नुहुँदैन । यसले नोटलाई कुरुप बनाउने मात्र नभई छिटो झुत्रो बनाउन सहयोग पुर्याउँछ । यस्तै, नोट च्यात्ने, स्टिच गर्ने, टाँस गर्ने जस्ता गतिवधि भुलेर पनि गर्नुहुँदैन । यसले नोटको क्षति गराउछ भने चाढो झुत्रो बनाउँछ । अर्थात् चलनचल्तीको बैंक नोटको आयु घटाउँने राष्ट्र बैंकको भनाई छ । 

Advertisement

Advertisement