कात्तिकमा सानिमा बैंकले कुन खातामा कति ब्याज दिन्छ ?

Advertisement

काठमाडौं । सानिमा बैंकले कात्तिकमा ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो ।

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

Advertisement

बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३.०४ प्रतिशतदेखि अधिकतम ५.०४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।
 

Advertisement

Advertisement