राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फको ब्याजदर घटाउँदा संस्थागतको स्थिर राख्यो

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । 

नयाँ ब्याजदरअनुसार बैंकले कात्तिका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ ।

Advertisement

बैंकले कात्तिकमा व्यक्तिगततर्फ ५.८० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिनेछ । 

यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज तोकेको थियो । 

त्यसैगरी साधारण बचतमा बैंकले न्यूनतम ३ देखि अधिकतम ३.१० प्रतिशतसम्म ब्याज दिनेछ । 
 

Advertisement

Advertisement