एक अर्बभन्दा बढी रकम मुद्दतीमा लगानी गर्न बैंक खोज्दै वैदेशिक रोजगार बोर्ड

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्ड सचिवालयले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । 

सचिवालयअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको १ अर्ब १० करोड १ वर्षका लागि मुद्दतीमा राख्न चाहेको हो । 

Advertisement

उक्त रकम लिन चाहने ‘क’ वर्गका वाणिज्य बैंकहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्तावित ब्याजदरसहित शिलबन्दी पेश गर्नुपर्नेछ । 

शिलबन्दी कात्तिक १२ गते, मध्यान्ह १२ बजेसम्म सचिवालयमा पेश गर्न सक्नेछन् । 

पेश हुन आएका शिलबन्दी प्रस्ताव सोही दिन साढे ५ बजे खोलिने सचिवालयले जनाएको छ । 

Advertisement

Advertisement