श्वेत–गंगा हाइड्रोले डाक्यो साधारणसभा, शेयरधनीको हात खाली !

Advertisement

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले लाभांशबिना नै साधारणसभा डाकेको छ । 

कम्पनीले मंसिर ६ गते बस्ने गरी सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौंमा आठौं वार्षिक साधारणसभा डाकेको छ ।

Advertisement

कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकअनुसार सभा, बिहान ११ बजे बस्ने भएको हो । 

सभाले आठौं वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनलगायतका अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन पाउनेछन् । 

Advertisement

Advertisement