आजसम्म शेयरधनी बन्दा हाथवेको १० प्रतिशत लाभांश पाइने

Advertisement

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुनिश्चित गर्ने आज (कात्तिक ६) अन्तिम दिन रहेको छ । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि (कात्तिक ७) मा बुक क्लोज गर्दैछ । अतः आजसम्म कायम शेयरधनी मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउनेछन् । 

Advertisement

कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको घोषणा गरेको छ । 

लाभांश पारित गर्न कम्पनीले कात्तिक २५ गते आम्रपाली ब्यांक्वेट काठमाडौंमा सोह्रौं वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान १० बजेदेखि शुरू हुनेछ । 

सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र एक जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी वृद्धि हुने भएकाले सो अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

Advertisement

Advertisement