दुई दिनमै १०५ अंकले तल झर्यो शेयर बजारः नेप्से २६३९ अंकमा, ५ अर्ब ९० करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार दुई दिनमै १०५ अंकले तल झरेको छ । गत कात्तिक १ गते विहीबार झिनो अंकले उचालिएको शेयर बजार यो साताको पहिलो दिन हिजो र आज दुबै दिन उच्च अंकले घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५७.९९ अंकले तल झरेको छ । २.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३९.९२ अंकमा ओर्लिएको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि घटेको छ । 

Advertisement

बजार ओरालो झरेसँगै आज सबै समूह राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा बढी ३.३८ अंकले घटेको हो । 

undefined

आज ३१९ कम्पनीका १ करोड ३८ लाख ६३ हजार ४ सय ४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख ९१ ह्जार ४४.४८ रुपियाँ बराबरको कारोबार भएको हो ।
 
बजार समग्रमा घटे पनि वीन नेपाल लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः ९.९८ र ९.८२ प्रतिशतले नाफा कमाए । 

त्यस्तै ङादी पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.२० प्रतिशतले घाटा व्यहोरे । 

आज हिमालयन रि को उच्च कारोबार भयो । उक्त कम्पनीको २२ करोड ३ लाख ६७ हजार ८ सय ५९.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो ४७.४४ अंकले बजार घट्दा ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५ सय ७२.१२ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement